You are viewing the translated version of कारोबार रकमको सीमा.

Section 35
कारोबार रकमको सीमा
(१) ऐनको दफा १०क. को प्रयोजनको लागि राष्ट्र बैड्ढले कारोबार रकमको सीमा तोक्दा कारोबारको क्षेत्र, विषय र प्रकृतिलाई विचार गरी फरक फरक कारोबारको लागि फरक फरक रकमको सीमा तोक्न सक्नेछ।

(२) उपनियम (१) बमोजिम राष्ट्र बैड्रले कारोबार रकमको सीमा तोक्दा सम्बन्धित नियमनकारी वा कार्यान्वयन गर्ने सरकारी निकाय वा संस्थाको परामर्श लिन सक्नेछ।

(३) उपनियम (१) बमोजिम राष्ट्र बैड्ढले कारोबार रकमको सीमा तोक्दा वा त्यस्तो सीमामा हेरफेर गरेमा त्यसको सूचना आफ्नो वेबसाइटमा समेत राख्नु पर्नेछ।

(४) यस नियम बमोजिम सूचक संस्थाले वित्तीय जानकारी इकाईलाई सीमा कारोबार प्रतिवेदन पेस गरेको वा सीमा कारोबारको दायरामा नपरेको- कारोबार शङ्कास्पद देखिएमा सोको शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन छुट्टै पेस गर्नु पर्नेछ।